मुटू झिकी पातमा राख्छु कस्को नभन्नु !

मुटू झिकी पातमा राख्छु कस्को नभन्नु !
तिम्रै चिनो हातमा राख्छु कस्को नभन्नु !



बिचलित मनको पिडा खोल्या तिम्लाइ
चिठ्ठि पत्र खातमा राख्छु कस्को नभन्नु !!



चोखो प्रेम भुल्दै जब टाढा जान्छौ तिमी
गुनासो म बातमा राख्छु कस्को नभन्नु !
!!


तिम्रै निम्ति पागल जस्तै लड्दै हिड्ने म
रूने आँखा रातमा राख्छु कस्को नभन्नु !!!!





हुँदा मुल्य बिहिन सारा तिम्रै खातिर 


यो मुटू ‘सौगात’मा राख्छु कस्को नभन्नु !!!!!




मुटू झिकी पातमा राख्छु कस्को नभन्नु !
तिम्रै चिनो हातमा राख्छु कस्को नभन्नु !



सौगात “मात्र”

Post a Comment

Previous Post Next Post