नसजिउ देखिसकेँ नाङ्गिएकी तिमी ।

नसजिउ देखिसकेँ नाङ्गिएकी तिमी ।
मञ्चमा अडिग नेपच्यमा बाङ्गिएकी तिमी ।


न ओत, न छाँया, न सुगन्ध छ कुनै

क्याक्टसझैँ क्या सारो झाङ्गिएकी तिमी।


सौन्दर्यको बजारमा बिज्ञापित हुन

मूल चोकमा तूलजस्तै टाङ्गिएकी तिमी।


तिम्रो पछ्यौरीको अब के नै मूल्य रह्यो ?

मान्छेपिच्छे सबैसँग उदाङ्गिएकी तिमी।


नक्कली ताप अब देखाइ के गर्छयौ ?

बुझिसक्यो ‘नादिर’ले शीताङ्गिएकी तिमी ।।


भोजराज शर्मा ‘नादिर’

धम्बोझि, १,नेपालगञ्ज


Post a Comment

أحدث أقدم