धपक्क बलेको रूपरङ्ग गजब छ ।

धपक्क बलेको रूपरङ्ग गजब छ ।
चाहना र रहरको उमङ्ग गजब छ ।


नजरभित्र केही कुरा लुकाएको जस्तो

धरोधर्म त्यो हेराइको ढङ्ग गजब छ ।।


प्रकृतिलाइ समेत सुशोभित पार्ने

सुन्दरता हेरेर दुनियाँ दङ्ग, गजब छ ।।।


प्रशंसा र बखान मात्र गरेको देखेँ

जताततै ितिम्रो चर्चा प्रसङ्ग, गजब छ ।।।।


हेर्दा–हेर्दा आँखाबाट रसाएछन् ‘आँसु’

आकर्षणको जादु तिमिसँग गजब छ ।।।।।


धपक्क बलेको रूपरङ्ग गजब छ ।

चाहना र रहरको उमङ्ग गजब छ ।


सुरेन्द्र न्यौपाने ‘आँसु’

गुटु,मिलनचोक,सुर्खेत

Post a Comment

أحدث أقدم