अब बुध्द जन्मेको, "निशानी" बेचिन्छ कुनै दिन यँहा ।

टनकपुर त बेचियो, “कालापानी” बेचिन्छ कुनै दिन यँहा ।
बम्बैमा सारा नेपाली नारीको “जवानी” बेचिन्छ कुनै दिन यँहा ।


चारै तिर बाट सिमानाहरू,लुटेको लुटै छन् लुटुराहरू

यस्तै भए सगरमाथा हाम्रो “चिनारी” बेचिन्छ कुनै दिन यँहा ।।


जन्मेका होइनन् बुध्द नेपालमा भनि, दावा गर्दैछन भरौटेहरू कोहि 

यस्तै रहे अब बुध्द जन्मेको, “निशानी” बेचिन्छ कुनै दिन यँहा ।


समय फेरियो नबसौँ चुप, जागौँ अब सारा जन्ता बिरूद्दमा

नत्र नेपाल र नेपाली जलाएर “खरानी” बेचिन्छ कुनै दिन यँहा ।




राम प्रसाद पाण्डेय

गुल्मी        

Post a Comment

Previous Post Next Post