कसरि पो बाँचिएछ ?

कति मोड आए होलान्? कति बाटो काटिएछ ?
फर्की हेर्न पाए हुन्थ्यो, कसरि पो बाँचिएछ ?


सबै इच्छा अधूरा छन् ,छैनन् केहि पुरा पुरा

नसक्ने र नजानेका काम मात्रै आँटिएछ ।।


कहिले आँसु लुकाएर, कहिले मुटु दुःखाएर

खुसी हुने बहानामा, आफैँलाइ ढाँटिएछ ।।।


बितेछन् ती जिन्दगीका अनमोल पलहरू

अनुभूति मात्र केवल एकमुठी साँचिएछ ।।।।


न बाटोको ठेगान भयो, न गन्तब्य टुङ्गो लाग्यो

यात्रा त्यसै थालिएछ, पाइला त्यसै चालिएछ ।।।।।


रूपा कुसुम

नेपालगंज, बाँके

Post a Comment

Previous Post Next Post